पेट्रोलियम पदार्थको मूल्य स्थिर रहे तोकिएकै भाडा लागू हुने

  • सोमबार ५ असो २०८३ ११:१५ AM
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगरे सार्वजनिक यातायातको भाडा पनि नबढ्ने बताएका छन् । यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि चाडपर्वको समयमा नेपालमा मूल्य वृद्धि गर्न नहुने बताएका हुन् । उनले पेट्रोलियम