नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक २०८३ सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेपाल प्रहरीको रणनीतिक योजना २०८३–२०८५ मा परिकल्पना गरिएको ‘स्मार्ट पुलिसिङ, सेफर कम्युनिटी’को अवधारणालाई व्यवहारमा उतार्ने विषयमा छलफल भएको छ। बैठकमा काठमाडौं उपत्यका तथा प्रदेश प्रहरी कार्यालयबाट भइरहेका प्रहरी प्रशासन, प्रहरी कार्य सञ्चालन,