राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

  • सोमबार ५ असो २०८३ ०१:०५ PM
राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राखेको ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको