सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छः मन्त्री चौधरी

  • सोमबार ५ असो २०८३ ०५:२६ PM
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधारसम्बन्धी अध्ययन गरिरहेको बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा सदस्य रुक्मिणी कोइरालाले कृषकका उत्पादनले उचित मूल्य नपाएको, विचौलियाको अस्वभाविक हस्तक्षेपका कारण कृषक एवं उपभोक्ता दुवै मारमा परेका भनी राखेको प्रश्नको उत्तर दिने क्रममा मन्त्री चौधरीले कृषि उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले यस्तो अध्ययन गरिरहेको जानकारी दिइन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजकत्वमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको समन्वयसहित ‘आपूर्ति शृङ्खला सुधारका लागि सुझाव कार्यदल’ गठन गरिएको पनि मन्त्री चौधरीले बताइन् ।  किसानले उत्पादन गरेका गोलभेँडा खेतमा प्रतिकिलो रु पाच् नपाएर फाल्नुपर्ने अवस्था आएको, विचौलियाको अस्वाभाविक हस्तक्षेपका कारण सोही उत्पादन उपभोक्ताको भान्सामा पुग्दा प्रतिकिलो रु ९० सम्म पुगिरहेको अवस्था रहेको भनी सदस्य कोइरालाले सदनमा यसबारे जवाफ माग गरेका थिए ।  यस्तो स्थितिमा सरकारले बजारको मूल्य नियन्त्रण गर्न किन नसकेको हो