बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको विशेष राहत र सञ्चार सुविधा

  • सोमबार ५ असो २०८३ ११:५७ AM
काठमाडौं । नेपाल टेलिकमले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट तथा तनहुँका नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपास बसोबास गर्ने तथा बाढीबाट प्रत्यक्ष प्रभावित नागरिकलाई लक्षित गरी विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । टेलिकमका अनुसार बाढीका कारण क्षति भएका र पुनः प्रयोग गर्न सकिने अवस्थामा नरहेका एनटी फाइबर केबल तथा राउटर निःशुल्क उपलब्ध गराई जडान गरिनेछ । एनटी फाइबरमार्फत सेवा प्रयोग गरिरहेका ग्राहकको समयावधि समाप्त भएमा तीन महिनाका लागि निःशुल्क समय थप गरिनेछ ... The post बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको विशेष राहत र सञ्चार सुविधा appeared first on Kalika Khabar.