चावहिल-बौद्धमा ट्रायम्फको नयाँ शोरुम, एकै हप्तामा देशभर चारवटा ‘३एस’ शोरूम विस्तार 

  • सोमबार ५ असो २०८३ ११:५७ AM
काठमाडौं । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौंको चावहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुम सञ्चालनमा आएसँगै चावहिल, बौद्ध तथा आसपासका क्षेत्रका ग्राहकले ट्रायम्फका मोटरसाइकल खरिद तथा सेवा लिन सहज हुने कम्पनीले जनाएको छ । चावहिल–बौद्ध सडकमा रहेको नयाँ शोरुम ट्रायम्फ नेपालको आधिकारिक डिलर जेन्स पाल गियर्सले सञ्चालनमा ल्याएको हो । शोरुममा ‘३एस’ अर्थात्