नेप्सेको प्रणालीमा समस्या आएपछि बोर्डले थाल्यो छानबिन

  • सोमबार ५ असो २०८३ १२:१० PM
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा प्राविधिक समस्या आएर धितोपत्र कारोबार प्रभावित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाबारे छानबिन थालेको छ । बोर्डले समस्याको वास्तविक कारण पत्ता लगाउन अध्ययन तथा निरीक्षण टोली परिचालन गरेको हो । बोर्डले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको