सेबोनको नयाँ आईपीओ मस्यौदा : लगानीकर्ता संरक्षण कि पुँजी निर्माणमा नयाँ अवरोध ?

  • सोमबार ५ असो २०८३ १०:५६ AM
केही दिनअघि जलविद्युत्मा लगानी गरिरहेका एक साथीसँग भेट भयो । सधैँ नयाँ आयोजनाका कुरा गर्दा उत्साहले भरिने मान्छे, त्यसदिन भने थकित र चिन्तित देखिन्थे । ‘४–५ दिनदेखि राम्ररी निदाउन सकेको छैन,’ उनले भने, ‘नेपालमै लगानी गरेर गल्ती गरेँ कि जस्तो लाग्न थालेको छ ।’ यो उनको चौथो आयोजना हो । पहिलोमा जोखिम उठाए, दोस्रोमा अनुभवले