एसियाली खेलकुदमा नेपाली बक्सर दानबहादुर दर्लामी पराजित

  • सोमबार ५ असो २०८३ ११:११ AM
काठमाडौं । जापानको नायोगामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका दानबहादुर दर्लामी पराजित भएका छन् । जापानको निशियो जिम्न्यासियममा आज भएको पुरुष ७० केजी तौल समूहको पहिलो चरणमा दानबहादुर इराकका अलि कासिम हामदान अल–सारेसँग ५–० अंकले पराजित भएका हुन् । यससँगै दानबहादुरको एसियाली खेलकुद यात्रा पहिलो चरणमै समाप्त भएको छ । नेपालबाट बक्सिङतर्फ सात