काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘One Ride’ मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन् । नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको यस राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए । काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो ।