बजारका ग्यासको आपूर्ति सहज हुँदै गएको छ : उद्योगमन्त्री

  • सोमबार ५ असो २०८३ ०३:२३ PM
काठमाडौं । उद्योगमन्त्री दीपक कुमार साहले बजारका ग्यासको आपुर्ति सहज हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारको निरन्तर प्रयासपछि कृष्णभिरको अवरुद्ध सडक असोज १ गतेदेखि दुईतर्फी रुपमा पूर्ण सञ्चालमा आएको उल्लेख गर्दै उनले भने, ‘यससँगै बजारमा ग्यासको आपूर्ति सहज हुँदै गएको छ ।’ यसबीचमा सरकारले काडमाडौं उपत्यकामा ग्यास ढुवानी सहज बनाउन उद्योग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइराखेको बताए । विभिन्न ठाउँमा लुकाएर राखिएका एक हजार सिलिण्डर नियन्त्रणमा लिएर उपभोक्तालाई दिइएको उनले बताए । गतल कार्य गर्नेलाई सरकार कारबाही गर्ने र यसले निरन्तरता पाउने उनले बताएका छन् । ‘आउँदा चाडपर्वमा ग्यास पाइएला कि नपाइएला भन्ने दुविधामा रहनु पर्दैन’ ग्यासका सन्दर्भमा सरकारको उत्तरदायीत्व बैठकको संख्या वा घोषणाबाट नभएर सिलिण्डर समयमै उपभोक्तासम्म पुग्यो कि पुगेन