सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

  • सोमबार ५ असो २०८३ ०९:४० AM
सप्तरी : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन्। गृह जिल्ला सप्तरी पुगेका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो गरेपछि उनले राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिएका हुन्। तीन वटै सडक रु ७३ करोडमा निर्माण गर्ने गरी सम्झौता भए पनि पाँच वर्षमा रु ३० करोड बराबरको मात्र काम भएपछि यसअघिका ठेक्का रद्द गरिएको थियो। अब नयाँ ठेक्कामार्फत निर्माण कार्य अघि बढाउने तयारी भइरहेको मन्त्री यादवले बताए। नयाँ सम्झौतापछि १८ ... The post सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने appeared first on Kalika Khabar.