काठमाण्डु– जापानको पूर्वी तटीय क्षेत्र हुँदै सोमबार शक्तिशाली टाइफुन डुजुआनका कारण एसियाली खेलकुद प्रभावित भएको छ। एसियाली खेलकुदको औपचारिक उद्घाटन सप्ताहन्तमा जापानको नागोया सहर तथा आसपासको आइची प्रिफेक्चरमा भएको थियो। सोमबारका लागि तय गरिएको घोडचढी (इक्वेस्ट्रियन) प्रतियोगिता मंगलबारका लागि सारिएको रोयटर्सले जनाएको छ। खेलकुदका लागि जापानका ‘चिफ अफ मिसन’ कोसेई इनोउले पत्रकारहरूसँग कुरा गर्दै जापान