काठमाडौं । नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक सोमबारबाट शुरु भएको छ । महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको यस बैठकमा पार्टीको आन्तरिक पुनर्गठन, नीतिगत सुधार र समसामयिक राष्ट्रिय राजनीतिमा पार्टीको भुमिकाका विषयमा छलफल शुरु भएको हो । नेतृत्व परिवर्तनको चर्चालाई ‘अफवाह’ भन्दै एमालेले पार्टीलाई समग्र रूपमा नयाँ उचाईमा पुर्याउने कार्यभार बैठकको मुख्य एजेण्डा भएको प्रस्ट