काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र मौलाएको अनुशासनहीनता र आन्तरिक गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमवारबाट ललितपुरमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्तरिक मतभेदलाई कमिटीमा छलफल गर्नुको साटो सामाजिक सञ्जाल र मिडियामा छताछुल्ल पार्ने कार्य ’अराजकता’ भएको भन्दै यस्तो प्रवृत्ति तत्काल रोक्न निर्देशन