काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले विपद्पछिको राहत, पुनर्स्थापना, पुनर्वास तथा पुनर्निर्माणलाई सुरक्षित र दीर्घकालीन बनाउन नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । एनआरएनएका तर्फबाट माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा सूचना तथा सञ्चार मन्त्री डा