प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट

  • सोमबार ५ असो २०८३ ०२:४८ PM
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले सोमबार भेट गरेका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन मङ्गलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्नेछन् ।