बाँके : नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ । बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ बाट लागुऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान लोनिया र उनकी श्रीमती २५ वर्षीया पूजा लोनियालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुलाई आजै जिल्ला अदालतबाट म्यद थप गरी अनुसन्धान ... The post लागुपदार्थसहित दम्पती पक्राउ appeared first on Kalika Khabar.