काठमाडौं । सरकारले रसुवा बाढीबाट प्रभावित बस्तीहरूको पुनर्निर्माण पुरानै स्थानमा गर्नेभन्दा सुरक्षित स्थानमा व्यवस्थित ‘टाउनसिप’ विकास गर्ने योजना अघि सारेको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा विपद्पछिको पुनर्निर्माणलाई व्यवस्थित बनाउन नयाँ अवधारणासहित काम अघि बढाइने जानकारी दिए । उनका अनुसार जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई सोही ठाउँमा पुनःस्थापना गर्नुको