काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने भएको छ । रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिकलाई लक्षित गरी निःशुल्क सञ्चार सेवा उपलब्ध गराउन लागिएको हो। पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक आसपासका प्रभावित नागरिकले समेत यो सुविधा पाउनेछन्