राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व तथा बाढीपहिरोजस्ता विपद्का समयमा आन्तरिक हवाई भाडा थप बढ्ने गरेको बताइन् । उनले व्यंग्यात्मक शैलीमा नेपालको आन्तरिक उडानलाई यात्राका रूपमा प्रस्तुत गर्दै सुदूरपश्चिमको हवाई