काठमाडौं । विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने विषयमा ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयबीच सैद्धान्तिक सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको प्रस्तावमा आइतबार दुई मन्त्रालयबीच भएको छलफलमा विद्युत् उपभोगलाई सस्तो र सहज बनाउने उद्देश्यले भ्याट हटाउने विषयमा सकारात्मक सहमति बनेको हो । ऊर्जा मन्त्रालयका अनुसार घरेलु उपभोक्तामाथिको करको भार घटाउने,