जलवायु परिवर्तनको असरलाई प्रमाणसहित अन्तर्राष्ट्रियकरण गर्न कांग्रेसको सुझाव

  • सोमबार ५ असो २०८३ ०७:५८ AM
काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी विपद्लगायत जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्या र क्षतिलाई प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । सोमबार सिंहदरबारमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार पारेको जलवायु परिवर्तनको असरसम्बन्धी धारणा बुझाएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी