गैरआवासीय नेपाली संघ (एनआरएनए) की सचिव तथा ग्लोबल हेल्थ कमिटीकी सहअध्यक्ष प्रसुना कँडेलले बाढी तथा विपद्पछि नुवाकोट, रसुवा र धादिङका प्रभावित क्षेत्रमा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या समेत बढेको बताएकी छन् । मेडिकल टिमसहित प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेकी कँडेलले विपद्पछि प्रभावित नागरिकमा एक्युट स्ट्रेस, निद्रा नलाग्ने, छालासम्बन्धी, श्वासप्रश्वासमा समस्या, झाडापखाला, सिजनल फ्लु तथा