रसुवा बाढीमा सम्पर्कविहीनहरू जीवित भेटिने सम्भावना कम, खोजी जारी

  • सोमबार ५ असो २०८३ ०७:५२ AM
गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने सम्भावना कम रहेको बताएका छन् । यद्यपि सम्भावना रहेसम्म खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइने उनले स्पष्ट पारेका छन् । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव शर्माले विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा रहेका हुन सक्ने व्यक्तिहरूको खोज तथा उद्धारलाई प्राथमिकतामा राखिएको