नब लक्सको ब्रान्ड एम्बेसडर बनिन् मोडल तथा अभिनेत्री रुषा न्यौपाने

  • सोमबार ५ असो २०८३ १२:३० PM
काठमाडौँ । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नब लक्स कस्मेटिक ब्रान्डको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । जनवरी २०२६ देखि नेपालमै उत्पादन हुँदै आएको नब लक्समा फेस वास, मोइस्चराइजर, टोनर, एसपीएफ ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम गरी ६ वटा उत्पादन रहेका छन् । रुषालाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको अवसरमा आयोजित समारोहमा उनका कलाकार साथीहरूको समेत उपस्थिति रहेको थियो । रुषाको नयाँ प्रगतिमा साथ दिन अभिनेत्री गरिमा शर्मा, आलिशा बास्तोला, स्नेहा भट्टराई, रुजा राउत र अनु काफ्लेसँगै अभिनेता मुकुन भुसाल पनि समारोहमा पुगेका थिए । साथीको नयाँ यात्रामा साथ दिन पुगेका उनीहरूको उपस्थितिले समारोहलाई थप विशेष बनाएको थियो । रुषा यति बेला वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘म मदनकृष्ण’ मा अभिनय गरिरहेकी छिन् । चलचित्रमा उनले मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिका निर्वाह गरिरहेकी छिन् ।