काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाजाघरमा व्यापक क्षति पुगेपछि प्रभावित पर्यटन व्यवसायीको पुनरुत्थान र पुनःस्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले पहल तीव्र बनाएको छ। महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठ तथा एफएनसीसीआई पर्यटन समितिका पदाधिकारीसँग भेट गरी बाढी प्रभावित होटल, साना रेस्टुरेन्ट तथा खाजाघरको प्रारम्भिक क्षतिको विवरण र नामावली औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। एफएनसीसीआई पर्यटन समितिले आयोजना गरेको विशेष बैठकमा अध्यक्ष भण्डारीले प्रभावित क्षेत्रमा उद्धार तथा तत्काल राहतका ... The post बाढीपीडित पर्यटन व्यवसायीको पुनःस्थापनामा होटल व्यवसायी महासंघको पहल, एफएनसीसीआईमा बुझाइयो क्षतिको प्रारम्भिक विवरण appeared first on Kalika Khabar.