काठमाडौँ। गत वर्ष भदौ २४ गतेको आगजनीमा ध्वस्त बनेको काठमाडौँको नक्सालस्थित भाटभटेनी सुपर स्टोर पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ। एक वर्षअघि आगोले क्षतिग्रस्त बनेको यही स्टोर अहिले नयाँ स्वरूपमा ग्राहकका लागि खुला भएको हो। भाटभटेनीको यो स्टोर कम्पनीको पहिलो स्टोरका रूपमा परिचित छ। २०४३ सालमा नक्सालबाट सुरु भएको भाटभटेनीको यात्रा विस्तार हुँदै देशका विभिन्न स्थानसम्म