बाँके । नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ । बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ बाट लागुऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३०