काठमाण्डु– पूर्वाधारमन्त्री सुनिल लम्सालले भोटेकोसी बाढी प्रभावित नागरिकलाई क्षति भएको स्थानमै पुनःस्थापित नगरी नयाँ शहर विकास गर्ने सरकारको तयारी रहेको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले पछिल्लो विपद्पछि पुनःस्थापनाको परम्परागत ढाँचाभन्दा फरक योजना अघि सार्नुपर्ने आवश्यकता देखिएको बताए। उनका अनुसार बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका स्थानमा पुनः बस्ती बसाल्नु