काठमाडौं । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शुरु भएको छ । सोमवार बिहानबाट ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक जारी रहेको हो । पार्टीको केन्द्रिय कमिटी बैठकका लागि आवश्यक एजेण्डाहरू तय गर्ने उद्देश्यले सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ । विशेषगरी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति,