नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

  • सोमबार ५ असो २०८३ ०५:४७ AM
बाँके । नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ । दसैँ को अवसरमा १५८ वर्षदेखि निरन्तर हुँदै आएको रामलिला गत वर्ष ‘जेनजी’ आन्दोलनका कारण सञ्चालन हुन सकेको थिएन । नेपालगञ्जस्थित रामलिला मैदानमा असोज २५ गते घटस्थापनाका दिनदेखि दश दिनसम्म रामलिला मञ्चन गर्ने निर्णय