काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले बदलिँदो राजनीतिक सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भारतसँगको सम्बन्धलाई ‘रिसेट’ गर्न चाहेको बताएका छन् । पुनर्निर्माण, कनेक्टिभिटी, व्यापार, हवाई मार्ग र ऊर्जा नेपाल–भारत द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र रहेको उनले बताएका छन् । भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणामा हालै तीनदिने नयाँ दिल्ली भ्रमण सकेर शनिबार स्वदेश फर्किएका वाग्लेले सीमा विवादजस्ता