एमालेले गर्‍यो कार्यदलको प्रतिवेदन पारित

  • सोमबार ५ असो २०८३ ०५:५८ AM
काठमाण्डु– नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी प्रतिवेदन पारित गरेको छ । जारी बैठकले उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा सचिवालय सदस्यहरूले दिएका सुझावसमेत समेटेर अनुमोदन गरेको हो । केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले प्रतिवेदन सुझावसहित पारित भएको जानकारी दिए