संसदीय विशेष समिति गठनबारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

  • सोमबार ५ असो २०८३ ०४:२३ AM
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षति र यसका कारणबारे सत्यतथ्य छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने तयारी सुरु भएको छ। सोही विषयमा छलफल गर्न सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । बैठक सोमबार सवा १२ बजे सिंहदरबारस्थित प्रतिनिधि सभा कक्षसँगै रहेको कार्यव्यवस्था हलमा बैठक बस्नेछ । भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण, क्षति र राहत तथा पुनर्स्थापनाबारे रणनीति बनाउन विशेष समिति गठन गर्ने सहमति राजनीतिक दलहरूबीच भएको थियो । बैठकमा विशेष समिति गठनको प्रक्रिया र समितिको कार्यादेशबारे ... The post संसदीय विशेष समिति गठनबारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक appeared first on Kalika Khabar.