काठमाडौंमा फेरि सुरु भयो यामाहा ब्लू फेस्ट, १० लाखसम्म क्यासब्याक अफर

  • सोमबार ५ असो २०८३ ०४:४१ AM
काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म ‘द बिगेस्ट एक्सचेन्ज मेला’का रूपमा ब्लू फेस्ट आयोजना गर्न लागेको हो । मेलामा ग्राहकले यामाहाका नयाँ पुस्ताका हाइटेक मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङ गर्न सक्नेछन् ।