काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी छन् । आजैदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो । बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने विभिन्न विषयमा छलफल गरी एजेन्डा तयार गर्नेछ ।