श्री स्वच्छन्द भैरवको खट पुनःनिर्माण 

  • सोमबार ५ असो २०८३ १०:०५ AM
काठमाडौँ । येँयाः (इन्द्रजात्रा) अवधिमा वसन्तपुरको माजु देगः अगाडि प्रदर्शनका लागि राखिने श्रीस्वच्छन्द भैरवको खट पुनःनिर्माण गरिँदैछ । खट जीर्ण भएको र प्रयोग गरिएका काठ मक्किएर कमजोर हुँदै गएपछि काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार संरक्षण कार्यक्रमबाट मौलिक र आकर्षक स्वरुपमा खट पुनःनिर्माण गराएको हो ।  लागत अनुमान तयार पार्दा २९ लाख ८३ हजार ५७ हजार रुपियाँ खर्च अनुमान गरिएको थियो । खटका डिजाइन आर्किटेक्ट अमित बज्राचार्य भन्नुहुन्छ, सार्वजनिक खरिद प्रक्रियाबाट २० लाख १६ हजार रुपियाँमा खटको पुनःनिर्माण गराइएको हो ।  यो खटमा स्वच्छन्द भैरवको मूर्ति राखेर इन्द्रजात्रा अवधिका ८ दिन झ्वाःवहालका बज्राचार्य गुरुजुहरुले माजु देगः अगाडि पूर्वतर्फ प्रदर्शन गर्ने परम्परा छ ।