एजेन्सी । भियतनामको मध्य क्षेत्रस्थित डाक लक प्रान्त लामो समयदेखि कफी उत्पादनका लागि प्रसिद्ध छ । तर पछिल्लो समय यहाँका किसानहरू कफीबाट दुरीयान खेतीतर्फ पनि आकर्षित हुन थालेका छन् । इआ तुल कम्युनअन्तर्गत थाई बिन्ह गाउँका किसानले तुआन ताइ दुरीयानका रूखले ढाकिएको आफ्नो बगैँचामा फल पाके–नपाकेको जाँच गरिरहेका भेटिन्छन् । करिब चार दशकदेखि यही जमिनमा