हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

  • सोमबार ५ असो २०८३ ०३:०५ AM
हिमालयन बैंक लिमिटेडले चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबारदेखि उक्त संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने प्रक्रिया पूरा भएपछि अब जो–कोही व्यक्ति तथा कम्पनीले पनि सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।