नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा अधिवेशनले तीव्रता पाएको छ । महाधिवेशनको पूर्वतयारीका रूपमा असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कैलालीसम्मका अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पूरा भएको हो।