कपिलवस्तु, ४ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–९, भर्तापुरस्थित अमृते सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले सामुदायिक वनको संरक्षण, दिगो उपयोग, उपभोक्ताको आयआर्जन तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न नीति तथा कार्यक्रम पारित गरेको छ। समूहका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८२/०८३