भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ । परिसरले आज एक महिनामा भएका अपराधका घटनाबारे जानकारी दिँदै दर्ता भएका मुद्दामध्ये ५७ वटा फछ्र्योट भएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । एक महिनाको अवधिमा भक्तपुरमा जघन्य अपराधतर्फ हत्या एक, जबर्जस्ती करणी पाँच,