जनकपुरधाम । मधेस प्रदेश सरकारले अस्थायी स्वास्थ्य दरबन्दी थप्ने निर्णय गरेको छ । स्वास्थ्य सेवामा आवश्यक जनशक्ति व्यवस्थापन गर्न अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा अत्यावश्यक तथा संवेदनशील सेवा भएकाले मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको टुङ्गो नलागेसम्मका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय