काठमाडौँ । शिल्पी थिएटरले मञ्चमा कथा भन्ने परम्परागत शैलीभन्दा फरक प्रयोगसहित आइतबार (असोज ४ गते) ‘चचहुँई’ नामक प्रत्यक्ष रेडियो नाटक मञ्चन गरेको छ। जर्मनीका नाटककार तथा प्रशिक्षक फिलिप न्युबाइलरको सहकार्यमा शिल्पीका कलाकारहरूले तयार पारेको उक्त नाटकमा आवाज, संगीत, संवाद र ध्वनि प्रभाव सबै मञ्चमै कलाकारहरूले प्रत्यक्ष सिर्जना गरेका छन्। रेडियो नाटकको शैलीलाई रंगमञ्चमा प्रयोग गर्दै