आमा, मलाई दुःख छैन म मरेकोमा, दुःख छ त केवल मानवता मरेकोमा। आमा, भोटेकोशीको बाढीले मलाई बगायो, ढुङ्गा, गेगर र लेदोको छालले मलाई हजारौँपटक लछार्यो। रुखका मुढाले मेरो शरीरका अङ्ग-अङ्ग थिलथिल बनाए। तर मलाई दुःखेन आमा, किनकि म त शरीरमा अघिनै मरेको मान्छे थिएँ। आमा, मलाई दुःख छैन म मरेकोमा, दुःख छ त केवल मानवता मरेकोमा। मैले नदीको भेलमा हात हल्लाउँदै सहयोगको बिन्ती गरेँ, तर कोही भेटिएन सहयोगी। म जोडजोडले चिच्याएँ— 'आमा, बचाऊ! बचाऊ!' तर मैले कतै भेटिनँ सहयोगी मन। कतै रुखका हाँगा समाउन खोजेँ, कतै ढुङ्गाको साथ माग्न खोजेँ, तर ती पनि मसँगै गड्याङगुडुङ गर्दै बगिरहे— मानौँ, मेरा अन्तिम साथीझैँ। आमा, मलाई दुःख छैन म मरेकोमा, दुःख छ त केवल मानवता मरेकोमा। म शरीरमा ढलेको थिएँ, तर आत्माले हेरिरहेको थियो। मैले गुहार माग्दा नआएका हातहरू मेरो सुनको सिक्री लिन आए। मैले धेरैपटक जीवनको भीख माग्दा मेरो उद्धार गर्ने हात आएनन्, बरु मेरो भिडियो खिचियो। जब म ढलेँ, मेरो ग्यास र जेन्सीमा लुटपाट गर्नेहरूको भीड देखियो। आमा, मलाई दुःख छैन म मरेकोमा, दुःख छ त केवल मानवता मरेकोमा। म लम्पसार परेको थिएँ हिलोको दलदलमा, नाङ्गो, वस्त्रविहीन। मलाई लागेको थियो— कतै कसैले कात्रोले त छोप्ला कि! तर आफैले चिनेका, आफैले जानेका मानिसहरू मेरो सम्पत्ति बाँड्न व्यस्त थिए। 'कसलाई कति भाग