काठमाडौं : गोर्खा बक्सिङ च्याम्पियनसिपको दोस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ । गोर्खा प्रोमोसन्सको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपाल र भारतका बक्सरहरूले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।