नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनका नाममा वर्तमान संविधानलाई विकृत बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै खनालले तत्काल संविधान संशोधन आवश्यक नरहेको बताए । पहिला संविधानको समीक्षात्मक अध्ययन गरेर त्यसका कमी–कमजोरी पहिचान गर्नुपर्ने र त्यसपछि मात्रै