नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारलाई जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले आवाज उठाउन आग्रह गरेका छन् । आइतबार ‘विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पर्ने असरले नेपालमा पर्ने जोखिम र जलवायु न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोरे पनि त्यसको उचित क्षतिपूर्ति पाउन कूटनीतिक पहल र तथ्यगत आधारमा