सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै दुई लाख नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिराबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त सिभिल टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ७ जनाबाट नगद १ लाख,९७ हजार २२० रुपैयाँ बरामद गरिएको छ । यद्यपि, जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। The post वीरेन्द्रनगरबाट झन्डै दुई लाख नगदसहित ७ जुवाडे पक्राउ appeared first on Kalika Khabar.